×

जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर अघि बढ्छौं- माधव नेपाल

images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन्।

शुक्रबार संसद् भवन बानेश्वरमा बसेको विपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले अलोकतान्त्रीक काम गरेको भन्दै वर्तमान पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका हुन्।

संविधान संशोधनका लागि भन्दै रातारात सरकार परिवर्तन गर्ने र अहिले २०८७ मा मात्रै संशोधन हुन्छ भन्ने अभिव्यक्तिको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए। उनले संविधान संशोधनका लागि मात्रै २०८७ सम्म प्रधानमन्त्री केपी ओलीलाई टिकाउन नसकिने स्पष्ट पारे।

जनताले आफूहरुलाई साथ दिने उनको विश्वास छ । उनले सरकारले अध्यादेश फिर्ता लिनेमा आफू आशावादी रहेको सुनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही हुन नदिने बताए । सरकारको काम सन्तोषजनक नभएको नेपालको आरोप छ। उनले अहिलेको सरकारले पूर्ण रुपमा संविधानलाई बेवास्ता गरेको टिप्पणी गरे । उनले रातारात संविधान संशोधन नगरी नहुने कुरा कसरी आइपर्यो ? भन्दै प्रश्न गरे ।

अध्यक्ष नेपालले सरकार परिवर्तन मुख्य चासोको विषय नभएको र आफूहरूले जनताको चासोलाई उजागर गर्न मात्र खोजेको तर्क गरे। सरकारले सदनलाई बेवास्ता गरि मनपरि ढंगले आग्रह पूवाग्रहका साथ चल्न थाले सडक र सदनबाट सशक्त संघर्ष गर्ने उनले बताए। 

उनले विपक्षी दलले जनता र राष्ट्रलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने र सरकारको गलत कामको जनतामाझ नांगेझार बनाउने धारणा राखे। उनले भने,‘सरकारले गलत काम गरेको छ भने त्यसको आलोचना हुन्छ, त्यसको विरोध हुन्छ । र, जनताको बीचमा त्यसलाई नांगेझार पारिन्छ । अर्को कुरा, सत्तामात्रै दिमागमा छ भने वा कुर्सीमात्र दिमागमा छ भने कुर्सीको माला जपे भो, हामी कुर्सीको माला जप्ने होईनौं । जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर अघि बढ्छौं ।’

 

शुक्रबार​ ४ माघ २०८१ ०८:३४ PM मा प्रकाशित

प्रतिक्रिया