×

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८९ करोड कारोबार

images

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।   

त्यस्तै आज सबै भन्दा एसबिएल डिभेन्चरको २८ करोड ९० लाख कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड १९ लाख बराबर कारोबार भएको छ ।

आइतबार​ १ मंसिर २०८२ ०४:३९ PM मा प्रकाशित

प्रतिक्रिया