काठमाडौं । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज भएको छ । हर्क साउदको शब्द र संगीत र स्वर सुजन चापागाईंको रहेको गीतमा आमा र छोराको बारेमा रहेको छ ।
फिल्म ‘बलिदान’मा १२ गाउँ फेम अभिनेता समीर भट्टसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ ।
सन्तोष सेनको निर्देशनमा बनेको फिल्म बलिदान आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको छ भने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । यो फिल्म दसैंको फूलपातीमा प्रदर्शनमा आउदै छ ।
गीतको लिंक- https://youtu.be/xni3_xHan8w
प्रतिक्रिया