×

धरान पुगेर भावुक भए हर्क साम्पाङ

images

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट धरान पुगेर पत्रकार सम्मेलन गर्दै रोएका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका साम्पाङले देशनै नबचे हामी कसरी रहन्छौं भन्दै रोएका हुन् ।

उनले कोहि नेता बाहिर ननिस्किएको बेला आफु बाहिर निस्केको बताउदै आफुलाई पदको लोभ गर्यो भन्ने आरोप लगाएको बताउदै भावुक बनेका थिए । उनले आफुले बलिरहेको  देशलाई बचाउन भन्दै गएको बताए । 

उनले जेनजी आन्दोलनको म्यान्डेट बालेनलाई प्रधानमन्त्री बनाउने रहेको र बालेन पछि हटे हर्क साम्पाङ आउनुपर्छ भनेपछि आफु काठमाडौँ गएको उनले बताए । साथै उनले को प्रधानमन्त्री बन्ने र को के बन्ने भन्ने सूची पहिला नै बनिसकेको दाबि गरे ।

मङ्गलबार ३१ भदौ २०८२ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया