काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ ।
भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि भाद्र ३१ गते नेपाली सेनाको हेलिकप्टरबाट सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको हो ।
यसअघि अहिलेसम्म पोष्टमार्टम गरिएका शवको टिचिङ अस्पतालदेखि शव यात्रा गरिएको थियो । अन्य शवको भने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
प्रतिक्रिया