काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म 'बलिदान' को टिजर रिलिज भएको छ ।
दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर शनिबार सार्वजनिक गरिएको हो । शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक करिब २ मिनेट लामो टिजर अभिनेता समीर भट्टमाथि केन्द्रित रहेको छ ।
सन्तोष सेनको निर्देशनमा बनेको फिल्ममा भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा र निर्देशक सेनको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत निर्देशन तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन सम्पादन रहेको छ ।
टिजरको लिंक: https://youtu.be/I2YCQa55Apw
प्रतिक्रिया