×

छोरा अभिषेकको अभिनयको प्रसंशा गर्दै अमिताभ बच्चन भन्छन्- तिमीले गरेर देखायौं

images

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनले आफ्ना छोरा तथा अभिनेता अभिषेक बच्चनको प्रशंसा गर्ने मौका कहिल्यै गुमाउँदैनन् । उनी प्रायः आफ्नो छोराप्रतिको माया देखाउँछन् र सामाजिक सञ्जालमा उनको प्रशंसा गरिरहन्छन् । अहिले एक पटक फेरि अमिताभले आफ्ना छोरा अभिषेकको खुलेर प्रसंशा गरेका छन् । यस वर्ष रिलिज भएका अभिषेकका फिल्महरूको प्रशंसा गर्दै अमिताभले यस्तो प्रसंशा गरेका हुन् ।

अमिताभले यस वर्ष रिलिज भएका अभिषेकका फिल्महरू र त्यसमा उनको अभिनयको प्रशंसा गरेका छन् । उनले आफ्नो पोस्टमा लेखेका छन्- 'अभिषेक, तिमीले एक वर्षमा तीनवटा फिल्म बनायौ र तीनैवटा फरक भूमिका छन् । 'आई वान्ट टु टक', 'हाउसफुल ५' र 'कालिधर लापता' । तीनैवटामा यस्तो अभिनय छ की पात्रहरू अरू सबैभन्दा फरक छन् । कतै पनि यो अभिषेक बच्चन हो जस्तो लागेन । ती सबैमा, यो पात्र हो जस्तो लाग्यो । आजको युगमा यस्तो देख्नु फरक कुरा हो, यसलाई स्वीकार गर्नु र यसलाई कुशलतापूर्वक निभाउनु, अभिषेक, तिमीले संसारलाई यी गुणहरू देखाएका छौ । मेरो हार्दिक आशीर्वाद र धेरै माया ।'

आफ्नो पोस्टमा अमिताभले अगाडी लेखेका छन्- 'तिमी मेरो छोरा हौ र तिम्रो प्रशंसा गर्न मलाई कसैले रोक्न सक्दैन । वर्ष अझै सकिएको छैन । तिमीले अझ कति फूल फुलाउनेछौ कसलाई थाहा छ ।'

 

बुधबार १ साउन २०८२ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया