×

मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी

images

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम डम्बर विजयी  हुनुभएको छ । उहाँले  दुई हजार ८६९ मत प्राप्त गरी नेकपा एमालेका केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङबाङ विजयी हुनुभएको छ । उहाँकोे निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गर्नुभएको थियो । 

मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

सोमबार २ जेठ २०७९ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया