काठमाडौँ- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी नफुटेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो बताएका हुन्। पार्टी नफुटेको उल्लेख गर्दै उनले पार्टीको आधिकारिकता कसको भन्ने कुरा अदालतले टुंगो लगाउने बताए।
विश्वकर्माले पार्टीमा भएको विशेष महाधिवेशन आफूहरूलाई अझै स्वीकार्य नभएको प्रस्ट पारे। उनले भने,‘हामीलाई विशेष महाधिवेशन स्वीकार्य छैन, निर्वाचनका लागि मात्रै सहकार्य गरेका हौँ।’
उनले पार्टी विवादका विषयमा अदालतबाट आउने फैसलालाई सम्मान गर्ने बताए। विश्वकर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता हासिल पारेको बताए। कांग्रेस, एमाले र नेकपाले सोचेकोभन्दा कम ल्याएको र रास्वपाले अनपेक्षित सफलता हात पारेको उनको भनाइ।
रास्वपाले भ्रष्टाचार अन्त्य गर्ने बताएको स्मरण गराउँदै विश्वकर्माले अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा राखे।
प्रतिक्रिया