×

नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै

images

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

पार्टीभित्र संस्थापन पक्ष र गगन थापा एवं विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको नयाँ कार्यसमितिबीच को आधिकारिक हो भन्ने विषयमा निर्वाचन आयोगमा पुगेको विवादका बीच खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् । भृकुटीमण्डमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेका छन् । उनले आफ्नो नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएका छन् ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर कार्यवाहक सभापति खड्काको धारणा केन्द्रीय चासोको विषय बनेको छ । नयाँ कार्यसमिति घोषणा, पार्टीको आधिकारिकता, नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे खड्काले पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

 बुधबार कांग्रेस केन्द्रीय समितीको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला अन्सारीलाई ५ वर्षका लागि कारबाही गरेपछि भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले गगन थापालाई सभापति चुनेको छ ।

शुक्रबार​ ३ माघ २०८२ १०:०२ AM मा प्रकाशित

प्रतिक्रिया