काठमाडौँ । नेपाल र ओमान आइसीसी टी-२० विश्वकप २०२६ को लागि छनोट भएका छन् ।
सुपर सिक्स अन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनौट भएका हुन् ।
अब नेपाल र ओमान भारत र श्रीलंकामा आगामी माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने विश्वकपमा सहभागी हुने छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनौट हुने तेस्रो देशको टुंगो भोली हुने युएई र जापानबीचको खेलबाट लाग्ने छ । त्यस्तै कतार र सामाओ भने विश्वकपको छनौट दौडबाट बाहिरिएका छन् ।
आज केहीबेरपछि सुपर सिक्सको खेल अन्तर्गत नेपाल र ओमान भिड्दैछन् ।
प्रतिक्रिया