×

माओवादीले छाडेन अडान, ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद् अवरोध जारी राख्ने निर्णय

images

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको छ। आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो ।छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । 
 

आइतबार​ ३० भदौ २०८१ ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया