सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–११ नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैचाबाट साउन ३० गते करीव ९८ के.जी. गाँजा बरामद भएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त स्थानमा ५ वटा पोकामा बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको हो । बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
प्रतिक्रिया