×

एमालेमा मेरो भूमिका केन्द्रीय कमिटीले तय गर्छ- विद्यादेवी भण्डारी

images

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय कमिटीको निर्णय अनुसार एमालेमा आफ्नो भूमिका स्पष्ट हुने बताएकी छन् ।

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेसनको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटीनै पार्टीको सर्वोच्च निकाय भएकाले केन्द्रीय कमिटीले नै आफ्नो भूमिका स्पष्ट गर्ने बताइन ।  

विधान महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिहरुले भाग लिने हो भन्दै भण्डारीले त्यसपछि पनि केन्द्रीय सदस्य थपिएको र प्रतिनिधि थप्न मिल्ने बताईन् । अहिले पार्टीका विभिन्न निकायमा आएका नयाँ नेतृत्वको विधान महाधिवेशनमा कसरी प्रतिनिधित्व हुन्छ भन्ने केन्द्रीय कमिटीको छलफलको विषय भएको बताइन ।

साथै भण्डारीलाई राष्ट्रपति हुदा संसद भंग गरेको बारे सोधिएको प्रश्नको जवाफ दिदै भण्डारीले आफुले मन्त्रिपरिषद्को सिफारिस अनुसार नै संसद भंगको निर्णय गरेको र त्यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दबाब नरहेको बताएकी छन् ।

 

मङ्गलबार ३१ असार २०८२ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया