काठमाडौँ । भक्तपुर मालपोतका कार्यालय प्रमुख कुमार आचार्य २४ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन लिएको २४ लाख ५० हजारसहित मंगलबार मालपोत कार्यालय भक्तपुरको परिसरबाट आचार्य, नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् ।
कार्यालय प्रमुख आचार्यको साथबाट मोवाइल डिभाइस थान-२ र नायब सुब्बा अधिकारीको साथबाट मोबाइल थान-१ तथा कार्यालय सहयोगी राउतको साथबाट मोवाइल थान-१ सहित घुस रकम बरामद गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया