×

माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

images

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ लामेआहालमा हिजो बुधबार माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो दिउँसो धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकमध्ये पोखरा २५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिइन् । माइक्रोमा ११ जना सवार थिए । मृतकबाहेक ८ जनाको अवस्था सामान्य रहेको उनले बताइन् । घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको माइक्रो एक्कासि चलेको हावाहुरीले अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माइक्रो सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो ।
 

बिहीबार २ जेठ २०८२ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया