×

मलाई स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक छ- पूर्णबहादुर खड्का

images

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले आफूलाई सोधेको स्पष्टीकरणलाई हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन् ।

बुधबार कांग्रेसको केन्द्रीय अनुशासन समितिले खड्काले अवैध ढंगबाट नभएको जिम्मेवारी भन्दै पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोपमा खड्कासँग ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेता खड्काले आफूले सक्कली लेडरहेड नै प्रयोग गरेको दाबी गरेका छन् । उनले आफूले विशेष महाधिवेशन, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अवैध भनेर मागवादी गर्दै सर्वोच्च अदालत गएको पनि स्मरण गरे ।

‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ,’ ‘यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ । यत्ति हो मेरो कुरा ।’ खड्काले भने,

बुधबार २ बैशाख २०८३ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया