×

किशोरीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका सांसद

images

काठमाडौँ- धनुषा क्षेत्र नं. १ का रास्वपा उम्मेदवार किशोरी साह कमलले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो।

कर्जा सूचनाको केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै उजुरी परेपछि आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो विरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर अदालतले अन्तरिम आदेश नदिएपछि आयोगको निर्णय नै सदर भएको छ। आयोगले धनुषा १ मा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ।

आइतबार​ १ चैत २०८२ ०७:४१ PM मा प्रकाशित

प्रतिक्रिया