राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण भर्चुअल तरिकाबाट जोडिएका छन् ।
सभापति लामिछानेको अनुमति लिएर उपसभापति डीपी अर्यालले बैठक सुरूवात गरे । बैठकमा अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य लगायत अन्य सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ । वरिष्ठ नेता बालेन्द्र साह भने आएका छैनन् । शाह पार्टीको समानुपातिकको नाम छनोट गर्न बसेको बैठकमा सहभागी भएनन् ।
उनी औपचारिक बैठकमा भर्चुअल र भौतिक दुवै विधिबाट सहभागी नभएका हुन् । बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको एकतापछि अहिलेसम्म कुनै औपचारिक बैठकमा बालेन्द्र सहभागी भएका छैनन् । नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेरमात्रै सहभागी गराउने पार्टीको तालिका छ ।
पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको दावेदार रहेका बालेन्द्रलाई अब बस्ने केन्द्रीय कमिटी बैठक र सचिवालयले विधान संशोधन गरेर संसदीय दलको नेता बनाउनेछ । त्यसपछि मात्रै हुने पार्टीको औपचारिक बैठकमा सहभागी हुने जानकारी पार्टी नेताहरूले गराए ।
प्रतिक्रिया