×

एपीएफ अस्पतालमा ९२ शैयाको श्वासप्रश्वास ‘ट्रिटमेन्ट फ्यासिलिटि’

images


काठमाडौं । विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण भएको ‘सेभर एक्यूट रेस्पेरेटरी इन्फेक्सन ट्रिटमेन्ट फ्यासिलिटि’ सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ ।

बलम्बूस्थित एपीएफ अस्पताल परिसरभित्र संगठनले ९२ शैयाको ‘ट्रिटमेन्ट फ्यासिलिटि’ निर्माण गरेको थियो । ‘ट्रिटमेन्ट फ्यासिलिटि’ संगठनकी दक्षिण पूर्वी एशिया क्षेत्रीय

निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई हस्तान्तरण गरेकी थिइन् । त्यसलगतै

मन्त्राललयकासचिव डा. पोखरेलले फ्यासिलिटि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका थिए । 

सशस्त्रका अनुसार गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सुविधा दिने उद्देश्यले निर्माण गरिएको ‘ट्रिटमेन्ट फ्यासिलिटि’मा ७२ वार्ड बेड, १४  सघन

उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन् । कार्यक्रममा मन्त्रालयका सचिव डा. पोखरेलले कोभिड–१९ महामारीको कठिन अवस्थामा एपीएफ अस्पतालले कोभिड–१९

उपचारको डेडिकेटेड अस्पतालका रुपमा योगदान पु¥याएको बताए । हाल निर्माण भएको अस्पतालले पनि श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम

जनतालाई अझै प्रभावकारी रुपमा सेवा दिने विश्वास उनले लिएका छन् । 

बुधबार १ चैत २०७९ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया