×

रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसद

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंग्याएको छ। केहीबेरअघि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष जानकारी दिए। 

मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रकाशित गरिने रास्वपाले जनाएको छ । आज पार्टीको सचिवालय बैठकमार्फत रास्वपाले समानुपातिकतर्फका सांसदहरुको नाम टुँगो लगाएको हो ।

निर्वाचन आयोगमा यसअघि बुझाईएको सुचिमा रहेकाहरुमध्येबाट खसआर्यबाट १७ जना, आदिवासी/जनजातिबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जनाको नाम सिफारिश गरिएको छ । जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

आइतबार​ १ चैत २०८२ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया