×

काँग्रेसमा महाधिवेशन विवाद: कार्यसम्पादन समितिको बैठक बस्दै

images

काठमाडौं । एक महिनादेखि महाधिवेशन बारे निर्णय गर्न नसकेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक ललितपुरको धोबीघाटस्थित कार्यबाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बस्न लागेको हो ।  महाधिवेशनबारे पार्टीमा विवाद बढेपछि शनिबार बस्ने बैठक अघि सहमति जुटाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

यस अघि विहिबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको पक्षमा शिर्ष नेताहरु नदेखिएको भन्दै अब तत्काल निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेपछि संस्थापन पक्ष दबाबमा परेको छ । संस्थापन पक्षका शिर्ष नेता भने फागुन २१ को चुनावपछि मात्र अधिवेशन गर्ने पक्षमा रहेको छ ।

गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शनिबार २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरि बोलाइएको छ ।

शुक्रबार​ २९ कात्तिक २०८२ ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया