काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको छ ।
पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएको खेलमा दोस्रो हाफको शुरुमै बंगलादेशले २ गोल गरेर नेपाललाई दबाबमा राखेको थियो । नेपालले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेको थियो । नेपालका लागि रोहित चन्द र अनन्त तामाङले एक एक गोल गरेका थिए ।
नेपालले अब अर्को खेल एएफसी एशियन कप छनौट अन्तर्गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया