×

सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन सकेन- देउवा

images

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताएका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको नसकेको बताएका हुन् । देउवाले आफ्नो सम्बोधनमा निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी नभएको र सुरक्षा निकायको मनोवल गिरेर निरिह भएको अवस्था रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेण्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरिह भएका छन् । तसर्थ निर्बाचनका लागि शान्ति सुरक्ष्याको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फुर्त निर्बाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो । यस तर्फ सरकारको ध्यान जाओस । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो बिश्वास छ ।'

साथै देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको भन्दै काँग्रेसले अन्य दलहरुसँग संवाद अगाडी बढाउनुपर्ने बताएका छन् । उनले मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको ईतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढ्न नेताहरुलाई आग्रह गरेका छन् ।

मङ्गलबार २८ असोज २०८२ ०६:०३ PM मा प्रकाशित

प्रतिक्रिया