काठमाडौँ । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई आगामी सोमबार अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो।
श्रेष्ठको पक्षबाट दायर भएको रिटमाथि बहस सुनिसकेपछि अदालतले उनलाई कुन आधार र कारणले पक्राउ गरिएको हो, सोको लिखित जवाफसहित सोमबार उपस्थित गराउन विपक्षी बनाइएका निकायहरूलाई निर्देशन दिएको छ।
यसअघि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको थियो। पत्रकार श्रेष्ठको पक्राउलाई लिएर सञ्चार जगत् र विभिन्न अधिकारवादी संघ-संस्थाले विरोध जनाउँदै आएका छन्।
प्रतिक्रिया