×

सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीको नियुक्ति आजै, दिउँसो ३ बजे शपथ ग्रहण

images

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान ११ बजे नयाँ मुख्यमन्त्रीको नियुक्ति गर्ने र दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको छ।

मुख्यमन्त्री पदका लागि आवश्यक बहुमतसहितको दाबी पेस भएसँगै प्रदेश प्रमुखले संविधानको व्यवस्था अनुसार नियुक्ति प्रक्रिया अगाडि बढाएका हुन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो ३ बजे आयोजना हुनेछ। समारोहमा प्रदेशका उच्चपदस्थ अधिकारी, प्रदेश सभा सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ। नवनियुक्त मुख्यमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

शुक्रबार​ २९ साउन २०८३ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया