काठमाडौँ । थाइल्यान्डमा तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई सम्मान गरिएको छ । थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले १० वर्षिया खेलाडी सापकोटालाई सम्मान गरेका हुन् ।
एनआरएनए थाइल्यान्डको पहल र सक्रियतामा गरिएको उक्त कार्यक्रममा एनआरएन एनसीसीका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष राजु बलामी, सचिव भुषणसिंह नेपाली श्रेष्ठ, एनआरएन आइसीसी प्रतिनिधि एवं एनआरएन एनसीसी पुर्व अध्यक्ष भविन्द्रबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
अगष्ट ९ देखि १० तारिखसम्म भएको उक्त प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । कार्यक्रममा राजदुत ओलीले खेलाडीलाई खेलप्रति हौसला प्रदान गर्दै पढाईलाई पनि निरन्तरता दिन सुझाव दिए ।
प्रतिक्रिया