कञ्चनपुर । नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- बिहान १०:३० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १,२६,००० क्युसेक पुगेको छ, पानीको बहाव बढदो क्रममा छ र चार पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको अवस्था छ ।
प्रतिक्रिया