काठमाडौँ । ह्वाट्स एपले रूसले आफ्ना सेवाहरू बन्द गर्न खोजिरहेको आरोप लगाएको छ । कम्पनीले रूससहित सबै ठाउँमा प्रयोगकर्ताहरूलाई इन्क्रिप्टेड सेवाहरू प्रदान गर्न हरसम्भव प्रयास जारी राख्ने बताएको छ ।
ह्वाट्स एपले युक्रेनमा आक्रमण पछि, रूसले कडा कानूनहरू लागू गरेको छ, जस अन्तर्गत युद्धको आलोचना गर्नेहरूलाई जेल सजाय दिन सकिन्छ, यस्तो अवस्थामा व्हाट्सएप सञ्चारको एक महत्त्वपूर्ण माध्यम बनेको छ ।
बुधबार, रूसी अधिकारीहरूले व्हाट्सएप र टेलिग्राममा भ्वाइस कलहरूमा प्रतिबन्धको घोषणा गरेका थिए । व्हाट्सएप र टेलिग्रामबाट ठगी, जबरजस्ती असुल्ने र हिंसात्मक गतिविधिहरू बढेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए ।
तर ह्वाट्स एपले भने प्रयोगकर्ताहरूलाई सुरक्षित सञ्चार प्रदान गरिरहेको दाबी गरेको छ ।
प्रतिक्रिया