काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले सामान्य प्रशासन मन्त्रीको अडियो प्रकरणले सरकार उदांगो भएको बताए । उनीहरुले मन्त्री गुप्तामाथि किन छानबिन नगरेको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।
प्रतिक्रिया