प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा नेपाली नागरिकता विधेयक-२०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यो विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
हिजोको संसद् बैठकमा गृहमन्त्री खाणले विधेयक पेस गर्नु भएको थियो । राज्य व्यवस्था समितिले २२ महिना छलफल गरेर टुङ्ग्याएको विधेयक सरकारले फिर्ता लिएर गएको हप्ता नयाँ विधेयक दर्ता गरिएको थियो ।
२०७२ साल असोज ३ अघि जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गरेका नागरिकका छोराछोरीलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने गरी विधेयक ल्याइएको छ ।
नेपाली नागरिक आमाबाट नेपालमा जन्म भइ यही बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजका आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।
प्रतिक्रिया