×

हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता

images

ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का अजमल बुढाले २४४ मत प्राप्त गर्नुभएको छ ।

वडा नं १ र ५ को ९३७ मतगणना गर्दा माओवादी केन्द्रका जैशीले अग्रता कायम गर्नुभएको हो । उपाध्यक्ष कांग्रेसका सुरेन्द्र थापाले ४७४ मत प्राप्त गर्नुभएको छ, भने एमालेका रुपचन्द्रा ऐडीले १६३ मत ल्याउनु भएको  छ । गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का सम्पती शाहीले ३८ मत ल्याउनु भएको छ भने उपाध्यक्षमै कांग्रेसका स्वतन्त्र उम्मेदवार तिलकबहादुर शाहीले १५५ मत प्राप्त गर्नुभएको छ ।

शनिबार ३१ बैशाख २०७९ ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया