×

रुकुम पश्चिममा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

images

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी हुनुभएकाे छ । कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा (माओवादी केन्द्र)का लक्ष्मण ओलीलाई १६० मतान्तरले पराजित गर्दै सुन्दर विजयी हनुभएकाे हाे ।

सुन्दर ओलीले ५७७ मत प्राप्त गर्दा लक्ष्मणले ४ सय १७ मत प्राप्त गर्नुभयाे । नेपाली कांग्रेसका मुस्कान ओलीकाे पक्षमा ४४ मत मात्र प्राप्त खसेकाे छ । वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन् । निर्वाचित अध्यक्षसहित सबै सदस्य नेकपा माओवादी केन्द्र निकट हुन् । पहिले नेकपा माओवादी केन्द्र त्रिवेणीको वरिष्ठ उपाध्यक्ष रहनुभएका सुन्दरले टिकट नै नपाएपछि प्यानल बनाएर स्वतन्त्र उम्मेदवारी दिनुभएकाे थियाे । उहाँलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ ।

शनिबार ३१ बैशाख २०७९ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया