×

भरतपुरमा मतगणना सुरु, १२ मत गन्दा ४ बदर

images

पालिका चुनाव अन्तर्गत भरतपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । भरतपुर महानगरपालिका–१ बाट मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार सुरुमा एक स्थानमा मत गणना गरिने छ भने क्रमशः गणनास्थल बढाउँदै लगिने छ । जिल्लाको अन्य ६ पालिकाको गणना शुक्रबार रातिबाट सुरु गरिएको थियो । 

भरतपुरकाे सुरुवाती गणनामा १२ मत गन्दा नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु सुवेदीले तीन मत प्राप्त गर्नुभएकाे छ । चार मत भने बदर भएकाे छ । 

जेठ ५ गतेसम्ममा गणना सम्पन्न गर्ने गरी योजना बनाइएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । याे महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शनिबार ३१ बैशाख २०७९ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया