काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज (शनिबार) बस्ने गरि बलाइएको हो।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।
समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया