×

प्रधानमन्त्री देउवा नुवाकोटमा

images

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

देउवाको साथमा काँग्रेस नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।  

 

सोमबार ३० फागुन २०७८ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया