×

अस्ट्रेलियामा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

images

काठमाडौँ । अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाले ज्यान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

दुर्घटनामा दम्पतीकी आमा गम्भीर घाइते भएकी छन् र उनलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ । चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको छ ।

 

बिहीबार २८ कात्तिक २०८२ १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया