काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायलले विपिन जोशीको अवस्था अज्ञात रहेको जानकारी दिएको बताएको छ ।
मन्त्रालयले सोमबार इजरायलको स्थानीय समय अनुसार बिहान ७: ३० बजे इजरायली सेनाले इजरायलका लागि नेपाली राजदूत, निज विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको बताएको हो ।
जोशीको रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको उल्लेख गर्दै हमासको कब्जामा रहेका सबै जिवित बन्दीहरुको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पुरा नभएसम्म मन्त्रालयले यस बिषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने बताएको छ ।
प्रतिक्रिया