×

नेपाल प्रहरीद्वारा २३६ जना असई र ६४ जना इन्स्पेक्टरको आवेदन माग

images

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । गोरखापत्र दैनिकमा शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो ।

सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ । प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।

शुक्रबार​ २८ भदौ २०८१ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया