काठमाडौ । नेपाल चर्खा प्रचारक गान्धी तुलसि स्मारक महागुठी,काडाघारी काठमाडौंमा रुद्रीहवन तथा सत्यनारायण पूजन कार्यक्रम विद्वानहरुको अगुवाइ र उपस्थितिमा सम्पान्न भयो ।नेपालका गान्धी का रुपमा सम्मानित तुलसिमेहर श्रेष्ठ द्वारा स्थापित संस्थाले मुलुकमा शान्ति ,समृद्धि तथा मेलमिलापको वातावरण बनोस भन्दै सार्वजनिक हीतका लागि अनुष्ठानको आयोजना गर्नाले वैदिक स्वराज्य सिद्धान्तलाइ समेत मद्दत पुगेको छ।
स्वराज्यको नारा दिदै बृटिश उपनिवेशबाट भारत लाई स्वतन्त्रता दिलाउन सफल महात्मा गान्धीको बिचार वैदिक बिचार हो।आ अद् वामीयचक्षसा मित्र वयं च सुरय: ।व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये।।अर्थात बिस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइ का लागि लागि रहौ भन्ने ऋगवेद५/६६/६ को सुत्र ले प्रजातन्त्र ,राष्ट्रियता र समावेशी राज्यको परिकल्पना गरेको छ।यहि वैदिक बिचार लाई अगाडि बढाउदै स्वतन्त्रताको पक्षमा जनतालाइ एक्यबद्ध बनाउदै राष्ट्रियता को भावना जगाउन सफल हुनुभएको थियोे ।
तिनै गान्धी संग करिब पाच बर्ष भारत मा संगै रहेर नेपालको राणाशासनका बिरुद्ध प्रजातन्त्र ल्याउन कस्सिएका तुलसि मेहर श्रेष्ठ को योगदान निरन्तर हुने धार्मिक सामाजिक कामले स्मरण गराउने गर्दछ।आर्यसमाजको धार्मिक बिचार बाट प्रभावित भइ राणाशासनका बिरुद्ध लाग्नु भएको वहाको भावना अनुरुप धार्मिक अनुष्ठान द्वारा स्वराज्यको महत्त्व स्थापित गराउने कामको धरातल मिल्न गएको छ।
म आफै मुलकर्ताका रुपमा रहेर पुजा सञ्चालन गर्नुका साथै महासचिव तथा गुठियार श्रीमती गोमा गौतम,कार्यलय प्रमुख प्रेम प्रसाद लामिछाने,प्रशिक्षार्थी हरु,स्थानीय गण्यमान्यहरुको उपस्थिति रहेको थियोे ।स्वामी सत्यदेवज्युको उपस्थिति ले पुजनमा सिद्धि थपिएको अनुभव भएको थियोे ।
विगतको दशबर्षे माओवादी द्वन्द्व ,सम्भावित ६ प्रकारको द्वन्द्व लाई मध्यनजर गर्दै स्थानीय सरकार संग द्वन्द्व व्यवस्थापन ,सुशासन ,मेलमिलाप र सामाजिक न्याय का लागि सहकार्य गर्ने वातावरण निर्माणमा सहयोग पुग्नेछ ।
७५३ स्थानीय सरकार संग स्वराज्य भागवत कार्यक्रम का आधारमा सहकार्य गर्नाले धर्मसंस्कृतिको माध्यम समाज रुपान्तरणका लागि उपयुक्त ठहरिनेछ।विद्वान पण्डित गुरुहरुबाट शुद्ध मन्त्रोच्चारण सहित सम्पन्न गरिएको पूजन स्वराज्य भागवतका लागि अनुकरणीय बनेको छ।
प्रतिक्रिया