×

महँगियो सुन

images

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको प्रतितोला २,१०० सय रुपैयाँ वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० मा कारोबार भइरहेको छ । हिजो त्यही सुन १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रति तोला १७४० रुपैयाँ पुगेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार २९ साउन २०८१ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया