काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले हालै सभापति गनगकुमार थापाले केन्द्रीय समिति सदस्यमा १९ जना मनोनित गरेको विषयमा आपत्ति जनाएका छन् । आज भएको देउवा समुहको भेलालाई सम्बोधन गर्दै महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको टिप्पणी गरे ।
‘उनले माने मान नमाने नमान भन्ने तरिकाले पार्टी एकता हुन नसक्ने दाबी गरे । त्यस्तै उनले अहिले विधान संशोधनका लागि भइरहेको कामकारबाही पनि गलत भएको बताए । ‘पार्टीको विधानलाई पूर्णबैठक या महाधिवेशनले टुंगो लगाउनुपर्यो । अहिले हचुवाको भरमा पार्टीको विधानलाई चलाउने काम भइरहेको छ,’ उनले भने,’विशेष महाधिवेशनबाट आएको नेतृत्व सम्पूर्ण अधिवेशनबाट आएको हैन नि । विशेषमा सबैको उपस्थिति छैन नि,’उनले भने । उनले १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी बनाउन सम्मानजनक, स्वामित्व र सहभागिता हुनुपर्ने समेत बताए ।
उनले अहिले विधान संशोधनका लागि भइरहेको कामकारबाही पनि गलत भएको बताए । ‘पार्टीको विधानलाई पूर्णबैठक या महाधिवेशनले टुंगो लगाउनुपर्यो । अहिले हचुवाको भरमा पार्टीको विधानलाई चलाउने काम भइरहेको छ,’ उनले भने,’विशेष महाधिवेशनबाट आएको नेतृत्व सम्पूर्ण अधिवेशनबाट आएको हैन नि । विशेषमा सबैको उपस्थिति छैन नि ।’
महतले हालै सभापति गनगकुमार थापाले केन्द्रीय समितिमा सदस्य मनोनित गरेको विषयमा पनि आपत्ति जनाए । ‘विचार समूहका नाममा आफूखुसीमा केन्द्रीय समितिमा राखियो सहमति भयो भनेर प्रचार गरियो । यसरी पार्टी एकता कायम हुँदैन,’ उनले भने । विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वको कार्यशैलीप्रति टिप्पणी गर्दै महतले बहुसंख्यक महासमिति सदस्यहरूको सहभागिता र समर्थन बिना गरिने एकलौटी निर्णयले पार्टीलाई एकताबद्ध बनाउन नसक्ने स्पष्ट पारे।
सबै पक्षलाई समेट्न नसक्ने नेतृत्वले कांग्रेसलाई बलियो बनाउन नसक्ने भन्दै उनले राजनीतिक चुनौतीहरूको सामना गर्न र पार्टीको भविष्य सुरक्षित गर्न सबैलाई एकताबद्ध बनाएर लैजानु नै आजको मुख्य आवश्यकता भएकोमा जोड दिए। वर्तमान चुनौतीपूर्ण समयमा पार्टीलाई पुरानै गौरवशाली र सहमतिमूलक बाटोमा फर्काउनुपर्ने उनको माग थियो।
प्रतिक्रिया