×

‘जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो ’

images

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको छ ।


    मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई  अपिल गर्नुभयो । उहाँले भन्नुभयो“ उहाँले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो । ” 


    सञ्चारकर्मीको एक जिज्ञासामा   उहाँले भन्नुभयो, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।”

शुक्रबार​ ३० बैशाख २०७९ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया