×

 प्रवासी भुजेल समाज युएईले -१३ औं स्थापना दिवस तथा सांस्कृतिक पर्व प्हुगाल पारिम उभौलि पर्व मनाए

images

मे -१३ युएई भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उभौली पर्व (प्हुगाल पारिम) तथा प्रवासी भुजेल समाज सेवा समिती युएईको - १३औं  स्थापना दिवस नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बुको प्रमुख आथित्यमा दुबईको जाविल पार्कमा एक कार्यक्रमका बिच मनायो । 

राष्ट्रिय गितबाट शुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी लिम्बुले पानसमा दिप प्रज्ज्वलन गरि गर्नु भएको थियो । साथै कार्यक्रममा प्रमुख अतिथी बिक्रम लिम्बू, अध्यक्ष तुल बहादुर घर्ती र संरक्षक सुर्य बहादुर खवासले संयुक्त रुपमा वार्षिकोत्सबको केक काटनु भएको थियो । 

प्रमुख अतिथी लिम्बुले प्हुगाल पारिम एवं संस्थाको स्थापना दिवसको शुभकामना मन्तव्य राख्नु हुँदै आफ्नो जातिको संस्कार, संस्कृतिलाइ जिवन्त राख्न तथा भोलि आउने पुस्तालाई आफ्नो मौलिक संस्कार संस्कृति हस्तान्तरण गर्दै जानमा यस्ता कार्यक्रमहरु कोशेढुङ्गो सावित हुने बताउनु हुँदै संस्थाले आगामी दिनहरुमा आफ्नो भाषा, संस्कार, संस्कृतिको सम्बर्द्धन तथा आर्थिक एवं सामाजिक सवलिकरणका कार्यक्रमलाई समेत सँगसँगै लैजानु पर्नेमा जोड दिनु भयो । 

आफ्नो जातिय परम्परा अनुसार विधिवत रुपमा सुर्य, वायु, जल, जमिन र जंगलको विधिवत आरधना गर्दै पुजा अर्चाना गरिएको थियो । उक्त कार्यक्रमा ब्राओको भुमिकामा समाजका सल्लाहकार दिलिप जिटि रहनु भएको थियो । 

संस्थाको १३औं स्थापना दिवस तथा प्हुगाल पारिम का अवसरमा आयोजित कार्यक्रममा समाजलाई खेलकुदको क्षेत्रबाट योगदान दिनुहुने खेलाडिहरु तथा कलाकारहरुलाई कदर पत्रका साथ सम्मान गरिएको थियो । यसै गरि समाजले आयोजना गरेका हरेक कार्यक्रमलाई सफल बनाउन सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएकी मिरा पौडेल लाई मायाको चिनो सहित संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको थियो । 

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक सुर्य बहादुर खवास, संस्थापक सल्लाहकार दिलिप जिटि, मानार्थ सदस्य मिरा पौडेलले समाजको स्थापना दिवस तथा उभौलि पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो । 

समाजका अध्यक्ष तुल बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासचिव हरि खवास तथा धन्यवाद ज्ञापन कोषाध्यक्ष संजय भुलेलले गर्नु भएको थियो  भने कार्यक्रम उपाध्यक्ष देव भुजेलले संचालन गर्नु भएको थियो । औपचारिक कार्यक्रम पश्चात् मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा  वैदेशिक रोजगारिका शिलशिलामा युएईको विभिन्न राज्यमा श्रमशिल भुजेल दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

मङ्गलबार ३० बैशाख २०८२ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया