×

उद्योग वाणिज्य महासंघको नेतृत्व चुन्न पुनः निर्वाचन, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको लागि पुन मतदान हुने भएको छ।  पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याउँदा दोस्रो चरणको मतदान हुने भएको हो । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

 अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् ।

तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघ पहिलो चरणबाटै बाहिरिएका हुन् । महासङ्घको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो । महासङ्घको निर्वचनले दिएको जानकारीअनुसार अन्जान श्रेष्ठले कुल ३७.९९ प्रतिशत मतभार पाएका छन् ।

यस्तै उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् । वस्तुगतर्फ उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्। उनी ६१ मत लिएर विजयी हुँदा, निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५८ मत ल्याए। उनी अन्जन प्यानलका हुन्। 

एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भरतराज आचार्यले ७८१ मत ल्याएका छन्। 

बिहीबार ३० चैत २०७९ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया