नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।
शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ ।
प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ (Li-Nin12th Puspalal Memorial Nationa
प्रतियेगिताको सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेकोछ भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष
माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव २५० खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतिक्रिया