काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको उनको भनाइ रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ।
कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले डाकेको...
भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेसको केन्द्रीय समिति बैठक
बन्दसत्रको समापन समारोहमा बोल्ने क्रममा उनले भने, ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अङ्गाल्नु जस्तै हो ।’ उनले आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको बताए । उनले भने, ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन ।’ महामन्त्री थापाले सहमतिका लागि भएका जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने बताएका हुन्।
विशेष महाधिवेशन भएकाले हलबाट निर्णय गरेर ठिक छ भनेर भन्दा मात्रै दुईवटा महामन्त्रीले मान्नुपर्ने उनले बताए। उनले विशेष महाधिवेशनमा आएका साथीहरूको मर्म बुझ्नुपर्ने धारणासमेत राखेका छन्। उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह भएको जिकिर गरे।
तर कांग्रेस भित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरूरी रहेको उनको भनाइ छ। उनले अहिलेको आवश्यकता नै पार्टी समानताको लागि, देशको लागि र बाहिर गाउँमा बसेका आम मानिसका लागि भएको उल्लेख गरे।
महामन्त्री थापाले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे। उनले भने, ‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबण्डाको लागि भनेका छन् तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौँ, बाहिरको होइन। विशेष महाधिवेशनबाट विश्व गगनलाई सभापति चाहिएको छैन। नीति र नेतृत्व परिवर्तन चाहिएको छ।’
उनले यो विशेष महाधिवशेनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, ‘तपाईं हामी यति धेरै टाढाबाट आएका छौं। अब हलले एउटा उपलब्धिपूर्ण तरिकारले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु।’
उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरे। सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ। योसँगै बन्द सत्र पनि सकिएको छ।
प्रतिक्रिया