×

भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेसको केन्द्रीय समिति बैठक

images

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ।

कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको हो।

केही बेर बसेको बैठकमा कार्यबहाक सभापति खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए। बैठक केहीबेर मात्रै बसेको बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो।  संस्थापन र संस्थापनइतर समूहबीच सहमतिका लागि वार्ता र छलफल चलिरहेका कारण अब केन्द्रीय समिति बैठक भोलि बिहान  बस्ने भएको छ । 

मङ्गलबार २९ पुस २०८२ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया