×

एसिया कप क्रिकेट : नेपालद्वारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत

images

काठमाडौँ, २६ मङ्सिर - संयुक्त अरब इमिरेट्स (युएई) मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालले २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनायो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन ।  

नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिए । उनले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिए । भारतल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

मङ्गलबार २६ मंसिर २०८० ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया