×

प्रहरीको इन्सपेक्टर र असईमा नयाँ भर्ना खुल्यो

images

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन खुलाएको हो ।

योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

शुक्रबार​ २७ मंसिर २०८२ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया